ज्येष्ठ नागरिक हाम्रा अग्रज हुन् । उनीहरु अहिले अहिलेसम्म हाम्रो लागि लालनपालन, गरे, बढाए, पढाए, घर सम्पत्तिको ब्यवस्था गरे । तर आज हामीबाट उनीहरुको संरक्षण र सेवा सन्तोषजनक पुग्न सकेन हामी ज्येष्ठ नागरिकको संरक्षणका पक्षमा खोजी गर्ने, सम्बन्धित निकायलाई घचघच्याउनका लागि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, ज्येष्ठ नागरिक कर्णाली प्रदेश महासंघ, ज्येष्ठ नागरिक जिल्ला संघ दैलेख, ज्येष्ठ नागरिक नगरपालिका संघ । गाउँ पालिका संघ र पालिकाहरुका वडा समितिहरु गठन भै दैलेख जिल्लामा ज्येष्ठ नागरिकहरुका पक्षमा खोजीका कार्यहरु भैरहेका छन् । बाँकीरहेका ठाउँमा गठन गर्ने कार्य अघिबढि रहेका छ । दैलेख जिल्ला भित्रका सबै ज्येष्ठ नागरिहरुको अवस्था सहितको तथ्याङ्क संकलन गरि सोहि बमोजिमको सेवा कार्यका लागि सक्रियता लेखाउने कार्यमा संलग्न छौँ । यस कार्यमा सबै क्षेत्रबाट सहयोग प्राप्त हुने आशा गर्दछौँ ।
अघिल्ला अंकहरुमा ज्येष्ठ नागरिकका समस्याहरु विश्वभर कुनै नकुनै रुपमा रहेका छन्, तर विकसित देशहरुले धेरै वर्ष अघिदेखि चिन्तन् अध्ययन गर्दै सहजीकरणमा गुणस्तर बढाउँदै ल्याएकाछन् । तर हामी कहाँ यो विषय प्राथमिकतामा परेको छैन । त्यसो भए मानवीय संबेदनशीलताको पक्ष विश्वब्यापि समान नै हुने गर्दछ । प्रजातन्त्रको परिपक्वता आइसकेका देशहरु जनताको सेवालाई प्राथमिकता दिन्छन् । हामी देखिर हेका छौँ हामी सत्तामा को ? जाने, कसलाई आउनै नदिने भन्ने दौडधुप मै छौँ । विकास र सामाजिक सेवा कम प्राथमिकतामा परेकाछन् । अब सामाजिक सेवाको क्षेत्रमा ज्येष्ठ नागरिकको संरक्षण र सुबिधाका लागि सरकार र सामाजिक संस्था जुट्दै अघि बढ्न सबैपक्षमा आव्हान गर्दछौँ । यसका कार्यहरु–
१) जनचेतनाको अभियानलाई अघि बढाउने । जसमा आजका ज्येष्ठ नागरिकहरुले हाम्रो जीवनका लागि, राष्ट्रको परिवर्तन र प्रगतिका लागि गरेको योगदान नै आजको उपलब्धि हो भन्ने कार्य प्रगति देखाउने ।
२) आजका ज्येष्ठ नागरिकहरुका लागि बनेका सेवामूलक संरचनाले भोलीका लागि हामी सुरक्षित हुनेछौँ भन्ने चेतनाका साथै आजको उमेर र कमाइ छँदै लगानी गरि ज्येष्ठ नागरिक कोष तयार गर्ने ।
३) नेपाल भर र दैलेख जिल्लाका ९० वटै वडाहरुमा कम्तिमा एक सुबिधासम्पन्न दिवा सेवा केन्द्र भवन निर्माण गरि दिवा खाजा, नाचगान, सीप हस्तान्तरण तालिम, आवास र अन्य सेवा सन्चालन गर्ने ।
४) जिल्ला ज्येष्ठ नागरिक कोष स्थापना र सन्चालन गर्ने । यो कार्य पालिकाहरुमा पनि ज्येष्ठ नागरिक कोष अक्षय कोषको रुपमा स्थापना गरि त्यसको ब्याजबाट सेवामूलक काम गर्ने ।
५) सबै दिवा सेवा केन्द्रको आधारका लागि एक खाद्यान्न धर्म भकारी स्थापना गरि भैपरि आएका आश्रयमा बसेका ज्येष्ठ नागरिक, अशक्त, असहायलाई आवाशकासाथै खाद्य ब्यवस्था गर्ने ।
६. ज्येष्ठ नागरिकहरुको सेवा कार्यका लागि ज्येष्ठ नागरिक मिलन केन्द्र, हेरचाह केन्द्र, बृद्ध सेवा संस्था, बुढ्यौली ब्यवस्थापन क्लव खोली संगठित भएर सेवा पु¥याउने ।
यस समितिले दैलेख जिल्ला भरका ज्येष्ठ नागरिकहरुको अवस्था सहितको तथ्याङ्क संकलन गरि सरोकार वाला सरकारी कार्यालय, संघ संस्थाहरु, दिवा सेवा केन्द्रहरु र स्थानीय पालिकाहरुलाई उपलब्ध गराउनेछ ।
क्रमशः







